close

आफ्नै चुनाव चिन्ह लिएर निर्वाचनमा जान्छौँ : नेपाल

आफ्नै चुनाव चिन्ह लिएर निर्वाचनमा जान्छौँ : नेपाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चूनाव चिह्न लिएर निर्वाचनमा जाने बताएका छन् ।

मंगलबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग भएको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । 

अध्यक्ष नेपालले (माओवादी केन्द्र)सँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भएको भन्दै आगामी निर्वाचनमा भने आफ्नै चुनाव चिह्नमा लड्ने बताए ।

पाँच दलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने अध्यक्ष नेपालको भनाइ छ ।