close

प्रमुख प्रतिपक्षी नेकपा एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक एक साता स्थगित

प्रमुख प्रतिपक्षी नेकपा एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक एक साता स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा बैठक एक साता स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरिएको हो । 

आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुखसमक्ष आग्रह गरेको थियो ।

एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ ।