close

मौन अवधि ४८ घण्टा घटाई २४ घण्टा बनाउन एमालेको सुझाव

मौन अवधि ४८ घण्टा घटाई २४ घण्टा बनाउन एमालेको सुझाव

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहिता २०७९मा ३७ बुँदा संशोधन गर्न सुझाव दिएको छ । 

सोमबार आयोग र दलका प्रतिनिधिबीच भएको छलफलका क्रममा नेकपा एमालेले निर्वाचन आयोगलाई यस्तो सुझाव दिएको हो । 

निर्वाचन आचारसंहिताले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थताजस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने, आचारसंहिता लागू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म हुनुपर्ने, निर्वाचनको मौन अवधि ४८ घण्टा घटाई २४ घण्टा बनाउन एमालेले सुझाव दिएको छ ।