close

आगामी चुनावमा मा‌ओवादी र एकीकृत समाजवादीको एउटै घोषणापत्र

आगामी चुनावमा मा‌ओवादी र एकीकृत समाजवादीको एउटै घोषणापत्र

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने प्रतिनिधि र राष्ट्रिय सभा चुनावमा एउटै घोषणापत्र बनाउने भएका छन् । 

सोमबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भएको छलफलले आगामी निर्वाचनमा एउटै घोषणापत्र लिएर अघि बढ्ने सहमति जुटाएको हो । 

मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।  पार्टी एकताको पहल गरिरहेका दुई पार्टीबीच एकता भने निर्वाचनपछि मात्रै हुने भएको छ ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एउटै घोषणापत्र लिएर चुनावमा जाने सहमति जुटेको प्रतिक्रिया दिए । माओवादी र नेकपा समाजवादी एउटै घोषणापत्र बनाएर निर्वाचनमा जाने सहमति भएको उनले बताए ।

त्यसैगरी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि पार्टी एकता नहुने तर अरु विषय मिलाउँदै जाने सहमति भएको बताए ।