close

कांग्रेस नेता गिरिको निधन, अन्त्येष्टि गरिने

कांग्रेस नेता गिरिको निधन, अन्त्येष्टि गरिने

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको हिजो राति निधन भएको छ । ७५ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएका गिरिको आज अन्त्येष्टि गरिनेछ।

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलिका लागि राखिनेछ।  त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलिका लागि राखिनेछ।

त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ। प्रतिनिधि सभा सदस्यसमेत रहेका गिरि लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए ।