close

आयोगले रोकिदियो, प्रदेश संसदलाई बाँड्न ठिक्क पारेको रकम १ करोड

आयोगले रोकिदियो, प्रदेश संसदलाई बाँड्न ठिक्क पारेको रकम १ करोड

Trulli
ADVERTISEMENT

काठमाडौं । निवर्वाचन आयोगले प्रदेश-१ले सांसदका लागि आफूखुसी खर्च गर्न पाउने गरी १ करोड बाँड्न लागेको रकम रोकिदिएको छ ।  

शुक्रबार निर्वाचन आयोगले निर्वाचनमा प्रभाव पर्ने भन्दै उक्त कार्यक्रम रोक्न निर्देशन दिएको हो ।

साउन ३० गते बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७९ स्वीकृत गर्दै भदौ १५ गते भित्र प्रत्येध प्रदेशसभा सदस्यलाई आफ्नो क्षेत्रका योजना पेश गर्न समय दिएको थियो ।

आयोगले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको प्रक्रिया अगाडि बढाएको भए तत्काल स्थगित गरी सोको जानकारी यथाशीघ्र निर्वाचन आयोगलाई गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई निर्देशन दिएको छ । साथै निर्वाचन सम्पन्न नहुँदासम्म उक्त कार्यक्रम कार्यान्वयन नगर्न पनि निर्देशन दिएको छ ।