close

नागरिकता विधेयकमाथि छलफल जारी

नागरिकता विधेयकमाथि छलफल जारी

Trulli
ADVERTISEMENT

काठमाडौं ।  प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफल भइरहेको छ । 

उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रस्तावलाई जारी बैठकले बहुमतले स्वीकृत गरेपछि छलफल सुरु भएको हो । 

छलफलमा भाग लिँदै एमालेले नागरिकताजस्तो विषयलाई जनमत विभाजित गरेर पास गर्न नहुने बताएको छ । एमाले सांसद प्रदीप ज्ञवालीले जनमत विभाजित गर्नेगरी काम नगर्न सरकारलाई सुझाव दिए ।

सत्ताको बहुमतमा टाउको गनेर पारित गर्न नहुने बताएका उनले यसरी पारित गरिँदा परिणाम राम्रो नहुने भन्दै सचेत गराए । 

त्यस्तै राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएको छ ।

बिहीबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि भएको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिलाई धन्यवाद दिँदै विधेयक फिर्ता गर्ने उनको कदमको स्वागत गरिन् ।

सांसद पौडेलले यो विधेयकलाई खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने धारणा पनि राखिन् ।