काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटका प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ ।
सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन जिम्मा कांग्रेस नेता सिटौलालाई दिएको हो ।
एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा विशिष्ट रुपमा हेरिने बताइएको छ ।