close

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, एमाले र कांग्रेस सचेतकको आ–आफ्नै व्याख्या

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, एमाले र कांग्रेस सचेतकको आ–आफ्नै व्याख्या

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् ।

राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी उक्त विधेयक संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेकाले फिर्ता पठाएको जानकारी दिएको छ । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरूका सन्तानले वंशजको नागरिकता पाउने आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो । 

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिको सो कदमलाई स्वागत गरेको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर राम्रो काम गरेको बताए । 

तर, नेपाली कांग्रेसका संसदीय दलका सचेतक मीन विश्वकर्माले विधेयक फिर्ता गर्नु उचित नभएको बताए । 

दुवै सदनबाट पारित भएर आएको विधेयकलाई राष्ट्रपतिले रोक्नु उचित नभएको उनको ठहर छ ।