close

बाबुराम हसिया हथौडा चुनाव चिह्न लिएर निर्वाचन लड्न तयार

बाबुराम हसिया हथौडा चुनाव चिह्न लिएर निर्वाचन लड्न तयार

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच एउटै चुनाव चिह्नमा चिर्वाचनमा जाने सहमति नजिक पुगेका छन् । 

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एकै चुनाव चिह्न र घोषणा पत्र बनाएर जाने विषयमा उनीहरूबीच सहमति नजिक पुगेका स्रोतको दाबी छ । 

समाजवादी पार्टीका अध्यक्षमहेन्द्र राय यादवका अनुसार एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जान दुबै दल सहमत भएका छन् । माओवादीको चुनाव चिह्न पुरानो तथा समाजवादीको नयाँ भएकोले (माओवादी) कै चुनाव चिह्नमा जाने सहमति नजिक पुगेका हुन् ।

बाबुराम गोरखा २ बाट चुनाव उठ्ने तयारीमा छन्। समाजवादी केन्द्र बनाउने तयारी गरे पनि अहिलेका लागि भने चुनावी मोर्चा बनाएर जान बाबुराम र प्रचण्ड सहमति नजिक पुगेका हुन् ।