काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । लोसपालाई समर्थन गर्ने भनिए पनि एमालेले आफ्नै सांसद भट्टराईलाई उम्मेदवार बनाएको हो ।
एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।
उपसभामुखको निर्वाचन भोलि शुक्रबार हुँदैछ ।