close

एमालेको समर्थन लोसपाकी चौधरीलाई

एमालेको समर्थन लोसपाकी चौधरीलाई

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले उपसभामुखमा लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार चन्दा चौधरीलाई सहयोग गर्ने भएको छ । 

लोसपाले पूर्वमन्त्री चन्दा चौधरीलाई उम्मेदवार बनाउने भएपछि एमालेले समर्थन गर्ने जनाएको हो । एमालेले आन्तरिक छलफललाई पनि तीब्र बनाएको छ । सांसद विद्या भट्टराईलाई उम्मेदवारबनाउने तयारी पनि छ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । 

सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् । उनको उम्मेदवारीमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरी समर्थक छन् ।

उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ ।