close

मलाई नजिस्क्याउनू  विधान संशोधन गरी पुन: सभापति हुन सक्छु : देउवा

मलाई नजिस्क्याउनू  विधान संशोधन गरी पुन: सभापति हुन सक्छु : देउवा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विधान संशोधन गरी आफू तेस्रो पटक सभापति हुन सक्ने बताएका छन् । 
दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले उठाएका कुराको जवाफ दिने क्रममा देउवाले होटल होटलमा गुट भेला गरेर आफूलाई जिस्क्याउने र पेल्न खोजिएको बताउँदै उनले यस्तो बताएका हुन् । 

'मलाई नजिस्क्याउनुस्, विधान संशोधन गरेर भए पनि तेस्रो पल्ट सभापति हुन सक्छु', देउवाको भनाइ उद्धृत गर्दै एकजना नेताले भने, 'होटल होटलमा गएर बैठक नगर्नु, अब मलाई पार्टी सभापति हुने रहर छैन। जिस्काउनुहुन्छ भने म संशोधन गरेर भए पनि सभापति हुन्छु। मलाई अब नपेल्नुस् म फेरि सभापति हुने दौडमा छैन।'