close

संसदीय विशेष समितिद्वारा अर्थ मन्त्रीसँग सम्बन्धित कागजात माग

संसदीय विशेष समितिद्वारा अर्थ मन्त्रीसँग सम्बन्धित कागजात माग

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयसँग अर्थमन्त्रीसँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले सो निर्णय गरेको हो । सचिव अर्यालले सर्वसहमतिबाट सभापति छान्न सदस्यले आन्तरिक छलफल गरिने भएको जानकारी दिए।

संसदीय छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य रहेका छन् भने समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन्। छानबिन समितिले पहिलो बैठक बसेको १० दिनभित्र रिपोर्ट तयार पारिसक्नु पर्नेछ ।

पूर्व अर्थमन्त्री शर्माले अर्थमन्त्री हुँदा २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।

संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएका छन् ।