close

सिपिसीका विदेश विभाग प्रमुख र ओलीबीच भेटवार्ता

सिपिसीका विदेश विभाग प्रमुख र ओलीबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

लिउ नेतृत्वको प्रतिनिधि मण्डल ओलीलाई भेट्न बालको पुगेका हुन् । लिउ र ओलीबीचको भेटवार्तामा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र नेता विष्णु रिमाल पनि सहभागी थिए । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

आइतबार नेपाल आएको लिउ नेतृत्वको टोलीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गरी चिनियाँ टोली बुधबार स्वदेश फर्किने सीपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओको कार्यसूची छ ।