close

नेपालका राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने  लिउको स्पष्टोक्ति

नेपालका राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने  लिउको स्पष्टोक्ति

Trulli
ADVERTISEMENT

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका छन् ।

सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटमा लिउले  यस्तो बताएका हुन् । 

यस्तै भेटमा नेकपा मओवादीका अध्यक्ष प्रचण्डले एक चीन नीतिमा नेपाल कटिबद्ध रहेको बताए छन् । 

चिनियाँ अन्तराष्ट्रिय विभागका नेताले समेत माओवादी केन्द्र सहित सबै राजनीतिक पार्टीहरुसहित नेपाल सरकार समेत एक चीन नीति प्रतिबद्धता भएको पाएकोमा समेत खुसी व्यक्त आगामी दिनमा पनि सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्तको नेता नारायणकाजी श्रेष्ठले बताए ।

श्रेष्ठले बिआरआई सम्झौताका विषयमा नेपालले योजना  ठोस रुपमा छनोट गरेमा अगाडि बढाउने विषयमा सहयोग गर्ने बचन दिएका उनले बताए ।
‘नेपाल र नेपालका कुनैपनि पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको नीति र चिनियाँ कम्युनिस्ट पार्टीको नीति रहेको विचार व्यक्त गर्नुभयो’ लिउको भनाइ उदृत गर्दै श्रेष्ठले भने, ‘कम्युनिस्ट पार्टीहरू एक भएर देशको राष्ट्रियता सार्वभौम सत्ताको रक्षा गरोस भन्नेमा सधै खुसी हुन्छौ । नेपालका राजनीतिक दलहरुले आफ्नो फैसला आफै गर्ने क्षमताको विकास होस भन्ने छ ।’  

यस्तै, अध्यक्ष दाहालले नेपालले तत्काल ऋण नभई अनुदान मात्र लिन चाहेको बताएका छन् । यस्तै आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा र लिउबीचको भेटमा पनि नेपालले अहिले ऋण नभई अनुदान लिन चाहेको बताएका थिए ।