close

सम्पादक बोलाएर सरकारप्रति यसरी खनिए ओली

सम्पादक बोलाएर सरकारप्रति यसरी खनिए ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपका (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ भनी प्रश्न गरेका छन् । 

सोमबार संपादकहरुसँग भएको अन्तरक्रियाका क्रममा उनले सरकार सञ्चालनमाथि शंका गर्दै उनले यस्तो प्रश्न गरेका हुन् । 

सरकार संचालनमा प्रधानमन्त्री भन्दा बाहिरियाहरु हाबी रहेको बताउँदै सरकार सेटिङ र मुलुकलाई अधोगतिमा लैजान केन्द्रित रहेको बताए । 
ओलीले भने सरकार सर कि म्याडमले चलाउनु हुन्छ रु दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? जसले चलाए पनि चलाएको त यही होला नि !'

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार मृत भइसकेको बताउँदै उनले यो सरकार अब धेरै बोकेर हिँडिरहनु उपयुक्त नहुने बताए । 

‘यो सरकार निष्प्राण र डेड भइसक्यो‘ । देशका लागि मृत भइसक्यो‘ । सतीदेवीलाई शिवले काँधमा बोकेर हिँड्दाजस्तो बोकेर हिँड्नु आवश्यक छैन । शिवले बोकेर हिँड्दा सतीदेवी त बाँचिनन् भने यस्तो गठबन्धन बोकेर के अर्थ,’ उनले भने । 

सरकारका अंग प्रत्येक अंग झर्दै जाने बताउँदै उनले भने, ‘अस्ति एउटा अंग फत्र्याक्क झर्यो। अब अरू अंग पनि झर्छन् । तर, भ्रष्टाचारी अंग झरेर पीठ बन्छ । जहाँ यसका अंग झर्छन् त्यो ठाउँ रुखो हुन्छ । यसले हैजा फैलाउँछ।’

ओलीले आफ्नो पार्टीले चुनावी गठबन्धनका विषयमा हतारमा निर्णय नगर्ने बताउँदै गठबन्धन बनाएर सत्तामा पुग्नुलाई नै एमालेले सर्वोपरि नठान्ने बताए । 

उनले भने, ‘मैले गठबन्धन चलाएर हेरेको छु । गठबन्धनका लागि गठबन्धन बनाउने पक्षमा छैन । परिस्थितिमा परिवर्तन मुख्य कुरा हो ।’