close

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु, देउवा र कोइराल समूहबीच आरोप प्रत्यारोप

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु, देउवा र कोइराल समूहबीच आरोप प्रत्यारोप

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्तरुण दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठकका क्रमममा शेखर समूह गठबन्धन, सरकारको कार्यशैली र पार्टी सभापतिको भूमिकालाई लिएर सभापति शेरबहादुर देउवाप्रति आक्रामक रुपले प्रस्तुत भएको छ ।

नेता कोइरालाले सरकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी विधेयकको सन्दर्भमा पार्टी सभापति एवं प्राधनमन्त्री शेरबहादुर देउवालाई ओली सरकारकै असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो भनेर प्रश्न गरेका छन् ।

यस्तै उनले गठबन्धन गरेर पार्टी कहाँसम्म लैजाने भनी प्रश्न गरेका छन् ।

सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसमा एकपछि अर्को चुनावी गठबन्धनको औचित्यबारे प्रश्न उठेको बताउँदै उनीसहितका नेताले सभापति शेरबहादुर देउवालाई सत्ता प्राप्तिबाहेक गठबन्धन गर्नुको औचित्य र भविष्य के भनी प्रश्न गरेका थिए ।

तर, पार्टी सभापति शेरबहादुर देउवा समूले गठबन्धन अहिलेको अवश्यकता भएको बताउँदै गठबन्धन नगरी चुनाव जित्न चुनौती दिएको छ । 

यस्तै, अर्को बैठक भोलि एक बजे बस्ने बताइएको छ ।