close

नेपाल ऋण होइन अनुदान चाहन्छ :  देउवा

नेपाल ऋण होइन अनुदान चाहन्छ :  देउवा

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चीनबट ऋण नभएर अनुदानमात्र आफूहरुले लिन चाहेको बताएका छन् । 

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जिया चाओसँग भएको संवादका क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । 

ऋण लिँदा समस्यामा पर्ने हुँदा आफूहरुले ऋण नभएर अनुदान मात्र लिन चाहेको बालुवाटार स्रोतले जनाएको छ ।

ऋणकै कारण दक्षिण एसियाली मुलुक श्रीलंका संकटमा परेको छ । 

 श्रीलंकालाई हम्बनटोटा बन्दरगाह निर्माणका लागि ऋण दिएको थियो । श्रीलंकाले सो ऋण तिर्न नसकेपछि चीनले उक्त बन्दरगाह ९९ वर्षका अधीनमा लिएको छ ।