close

संघ र प्रदेशको चुनावअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल

संघ र प्रदेशको चुनावअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल

Trulli
ADVERTISEMENT

धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनअघि कुनै पार्टीसँग एकता नहुने बताएका छन् ।

प्रेस संगठन धनगढीले सोमबार गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले निर्वाचनसम्म एकता सम्भव नभएको तर वाम शक्तिबीचको एकता भई छाड्ने बताएका हुन् ।

‘वाम शक्तिलाई एक ठाउँमा ल्याउन विगतमा पनि हामीले भूमिका खेलेका छौं । अझै पनि विभिन्न हिसाबले विचार मिल्ने वाम शक्तिहरूसँग सहकार्य गरेर जान तयार छौं’ नेपालले भने, ‘यस अर्थमा संविधान मिच्ने काममा भूमिका नखेलेका, प्रगति र परिवर्तनको पक्षमा भएका तथा समाजवादको यात्रामा रहेका शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्छौं ।’

नेकपा माओवादी केन्द्रसँग एकीकरण हुने चर्चा चलेको विषयमा नेपालले अगामी निर्वाचनअघि एकता नहुने बताएका हुन् ।