close

पार्टी घोषणा गरेको ७ दिनमै वामदेव संयोजकबाट निष्कासित

पार्टी घोषणा गरेको ७ दिनमै वामदेव संयोजकबाट निष्कासित

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको छ ।
 
एकता अभियानमा आवद्ध चार दलले गौतमलाई ५ बुँदे आरोप लगाउँदै गौतमलाई संयोजकबाट निष्कासन गरेको हो । अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले गौतमलाई निष्कासन गरेको छ ।

गौतममाथि सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरेको आरोप लगाउँदै निष्कासन गरिएको हो ।

समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीसमेत सहभागी भेलाले गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय गरेको थियो ।

शनिबारको एक बैठकले गौतमलाई निष्कासन गरेको हो । गौतमलाई निष्कासन गरेको बैठकले गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।