close

दलको विकल्प दल नै भएको स्वतन्त्र उम्मेदवारहरूको निष्कर्ष

दलको विकल्प दल नै भएको स्वतन्त्र उम्मेदवारहरूको निष्कर्ष

Trulli
ADVERTISEMENT

काठमाडौं । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन लागेकाहरूले एउटा छुट्टै राजनीतिक दल घोषणाको तयारी गरेका छन् ।

शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेला जारी छ । दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल गर्न सो विशेष भेला आयोजना गरिएको बताइएको छ । 

दल ठिक छैन भन्ने जनतामा भ्रम रहे पनि संसदमा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरूबीच छलफल सुरु गरिएको एक सहभागीले बताए । 

देशभरका स्थानीय तह निर्वाचनमा भाग लिएका तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरू सो विशेष भेलामा सहभागी छन् ।