काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार, आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे बैठकमा छलफल हुनेछ । ३० वैशाखको स्थानीय चुनावमा पराजय भोगेको एमालेले एक महिनापछि सचिवालय बैठक राखेको थियो ।
३० जेठमा सचिवालय बैठक बसेपछि अर्को बैठक बोलाएको थिएन । स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक पनि एमालेले गरेको छैन ।