काठमाडौैं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संसदीय दलको बैठक बोलाएका छन् ।
नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश सांसद कुसुम कार्कीका अनुसार समयसामयिक विषयमा उनले शनिबार ११ बजेका लागि सो बैठक बोलाएका हुन् ।
सांसद कार्कीकाअनुसार समसामयिक विषयमा छलफल गर्न दलको बैठक आह्वान गरिएको हो । ‘समसामयिक विषयमा छलफल गर्न बैठक बस्ने सूचना आएको छ, बैठक शनिबार ११ बजे पार्टी कार्यालयमा बोलाइएको छ’, कार्कीले रातोपाटीलाई भने, ‘समसामयिक भनेपछि सबै कुरा पर्छन् ।’