close

रिस गरेको होइन, कांग्रेससँग गठबन्धन गरेर समाजवादमा पुग्न सकिँदैन : एमाले महासचिव

रिस गरेको होइन, कांग्रेससँग गठबन्धन गरेर समाजवादमा पुग्न सकिँदैन : एमाले महासचिव

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन र समाजवादको संकल्प एकसाथ अघि बढ्न नसक्ने बताएका छन् ।

पाँच दलीय गठबन्धनका शीर्ष नेता सहभागी सहभागी नेकपाका स‌ंस्थापक नेता नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको समाजवादको लक्ष्य र चुनौती विषया आयोजित कार्यक्रममा महासिचव पोखरेलले यस्तो बताएका हुन् । 

कसैकाे रिसले बनेकाे गठबन्धनबाट मुलुकलाई फाइदा नहुने  र समाजवादको संकल्प झुटो हुने उनले बताए ।  सो मञ्चमा माओवादी अध्यक्ष प्रचण्ड,कांग्रेस नेता रामचन्द्र पौडेल,नेकपा एसका सम्मानित नेता झलनाथ खनाल,जसपा अध्यक्ष उपेन्द्र यादव र राजमोका चित्रबहादुर केसी सहभागी थिए । 

‘यो मञ्चमा मलाई उभिएर बोल्न अप्ठेरो भइरहेको छ,’ उनले भने, समाजवादको व्याख्या र गठबन्धनको संकल्प प्रस्तुत भइरहेको छ । समाजवाद र गठबन्धनको संकल्प एकै पटक कसरी अघि बढ्छ ? यात्रा गठबन्धनको,लक्ष्य समाजवादको भएपछि चुनौती नै यही हो । तपाईँहरूको एक मात्र उद्देश्य गठबन्धन छ भने अहिले समाजवादको लागि तयार हुनुहुन्न ।’

गठबन्धनका नेताले समाजवादको कुरा गरेर कार्यकर्ता अलमल्याउने काम गरेको आरोप लगाए ।