close

संघीयता पक्षधर यादव र विरोधी केसीको आरोप : ठूला दल बाधक

संघीयता पक्षधर यादव र विरोधी केसीको आरोप : ठूला दल बाधक

Trulli
ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी तथा गठबन्धनका नेता उपेन्द्र यादवले ठूला दलले संंघीयतालाई भित्रभित्रै कुहाउन लागि परेको बताए । 

मंगलबार नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित विचार गोष्ठिमा उनले यस्तो बताएका हुन् । 

जसमध्ये उनले मुख्य केपी ओली यसमा संलग्न भएको आरोप लगाए । ओलीबाट बल्लबल्ल संघीयता जोगाएको उनको भनाइ थियो । 

यस्तै, सोही मञ्चमा सहभागी जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका लागि संघीयता भालुको कम्पट भएको बताए ।

संघीयताको विकल्प खोज्नुपर्ने बताउँदै उनले संघीयताको विकल्प नखोजे देश श्रीलंका बन्ने उनको आरोप थियो । संघीयता मुलुकले धान्न नसक्ने बताउँदै उनले संघीयतामा धेरै विकृति सिर्जना भएको बताउँदै भने, ‘यसबारे ठूला दलले सोच्नुपर्छ ।’