close

नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले लिए शपथ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी चार नयाँ मन्त्रीले शपथ लिएका छन्।

सोमबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई शपथ खुवाएकी हुन्।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार मेटमणि चौधरीलाई शहरी विकास, जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र भवानी खापुङलाई स्वास्थ्य मन्त्री नियुक्त गरेकी थिइन्।

नवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्ने छन्।