close

बिदा भए किसान श्रेष्ठ, कर्मचारीहरुलाई यस्तो आग्रह

'मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको छु'

बिदा भए किसान श्रेष्ठ, कर्मचारीहरुलाई यस्तो आग्रह

'मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको छु'

Trulli
ADVERTISEMENT

काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)मन्त्रालयबाट बिदा भएका छन् । आज पत्रकार सम्मेलन गर्दै श्रेष्ठ बिदा भएका हुन् । 

पत्रकार सम्मेलनमा श्रेष्ठले आफूलाई सहयोग गरेजसरी नै नयाँ मन्त्रीलाई पनि सहयोग गरेर कार्यकाल सफल बनाइदिन मन्त्रालयका कर्मचारीहरुलाई आग्रह समेत गरे ।

‘जसरी मलाई सहयोग गर्नुभएको थियो, त्यसैगरी नयाँ आउने मन्त्रीलाई पनि सहयोग गरेर सफल पार्दिनुहोला,’ उनले भने । आफू पदमा रहँदा विवादरहित ढंगले काम गरेको भन्दै उनले आफ्नो ८ महिना २१ दिनको कार्यकाल सफल भएको दाबी समेत गरे ।

मन्त्रालयबाट बिदा हुँदै गर्दा आफूलाई कत्ति पनि नरमाइलो नलागेको बताउँदै उनले आफू फेरि मन्त्री हुन सक्ने उल्लेख गरे ।

उनले भने, ‘माननीय अहिले पनि छु, अर्को मन्त्री हुन पनि सकिएला, फेरि पनि चुनाव जितेर आउन सकिएला ।’

बिदाई कार्यक्रममा मन्त्री श्रेष्ठ खासै भावुक देखिएनन्, बरु ठट्यौलो रूपमा पेस भए । उनले मन्त्री पद आफ्नो लागि ठूलो विषय नभएको बताए ।

उनले भने, ‘मलाई मन्त्री भएर पैसा कमाउने लोभलालच थिएन । आज पनि मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको छु ।’

उनले छुट्टिँदा नरमाइलो लाग्नु स्वाभाविक भए पनि मन्त्री पद गएको चिन्ता नलिएको बताए ।