close

नयाँ मन्त्रीहरूको शपथ आज

नयाँ मन्त्रीहरूको शपथ आज

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो (आइतबार) नियुक्त गरेका मन्त्रीहरूको शपथ आज (सोमबार) हुँदैछ । 

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले पठाएका नयाँ मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् ।

नव नियुक्त मन्त्रीहरूको शपथ आज बिहान ११ बजे गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए ।

पुनर्गठित मन्त्रिमण्डलको सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हीराचन्द्र केसीलाई नियुक्त गरिएको छ ।

एकीकृत समाजवादीका सांसदसमेत रहेका मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेम आले र किसान श्रेष्ठले आइतबार नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका थिए ।