close

माधव नेपालाई योगेशको सुझाव : सन्यास लिनूस्

माधव नेपालाई योगेशको सुझाव : सन्यास लिनूस्

Trulli
ADVERTISEMENT

काठमाडौैं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन् ।

शनिबार एकीकृत समाजवादीका अध्यक्ष शुक्रबारको योगेश भट्टराईको स्टाटसलाई लिएर टिप्पणी गरेको भोलिपल्ट भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई यस्तो सुझाव दिएका हुन् । 

शुक्रबार योगेश भट्टराईले एकीकृत समाजवादीमा मन्त्री पदलाई लिएर गलबन्धीसँग जोडेर नेपाललाई आफूले नेकपा एमाले नफुटाउन सुझाव दिँदाको स्मरण गरेका थिए । 

आइतबार प्रतिनिधि सभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकोले सन्यास लिएर बस्न सुझाव दिए । 

‘उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँडुनभएको छ, त्यो असम्भव कुरा हो । असम्भव कुरामा दौडिने नभई आफ्ना गल्तीहरुलाई रिलाइजेसन गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने, सन्यासी मान्छेले मुख छोड्दै हिँड्दैन’ उनले भने, ‘माधव नेपाल सन्यासी भएर बस्ने हो, मुख छोड्दै हिँड्ने होइन । उहाँलाई मुख छोड्दा त्यो भन्दा धेरै मुख छोड्न सकिन्छ ।’

नेकपा हुँदा योगेश भट्टराई माधवकुमार नेपाल समूहबाट पर्यटन तथा संस्कृति मन्त्री बनेका थिए । त्यसैगरी, २०७५ पुष ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा उनी माधवकुमार नेपालकै निर्देशन  मन्त्री पदबाट राजीनामा दिएर केपी ओलीविरुद्ध संघर्षमा उत्रिएका थिए ।

तर, घटनाक्रमसँगै ओली यतिखेर केपी शर्मा ओलीले नेतृत्व गरेकाे पुरानै पार्टी नेकपा एमालेमा आबद्ध छन् ।