close

बिदाइका क्रममा भावुक हुँदै झाँक्रीले भनिन् : आफैँले बनाएको बजेट कार्यान्वयन गर्ने रहर थियो

बिदाइका क्रममा भावुक हुँदै झाँक्रीले भनिन् : आफैँले बनाएको बजेट कार्यान्वयन गर्ने रहर थियो

Trulli
ADVERTISEMENT

काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले  पत्रकार सम्लेलनका क्रममा भावुक बनेकी छन् । पदबाट राजीनामा दिएपछि  मन्त्रलायले गरेको औपचारिक बिदाका क्रममा उनी भावुक बनेकी हुन् । 

नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । 

उनले ८ महिना २० दिन मन्त्रालयको नेतृत्व गरेकी थिइन्। 

मन्त्रालयको बजेट बनाउने र सोको कार्यान्वयन गर्ने रहर आफूमा रहेको, तर कार्यान्वयन गर्न नपाएको उनले बताइन् ।

उनले आइतबार नै बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएकी थिइन् । मन्त्रालयमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सवैलाई धन्यवाद मात्र दिइन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिँदै झाँक्रीले आफूहरु पार्टीको निर्णयबाटै मन्त्री भएको भन्दै राजीनामाको सवालमा ‘काउन्ट डाउन’ सुरु गरेकोमा आफूलाई चित्त दुखेको बताइन् ।

बिदाइको क्रममा निकै भावुक बनेकी झाँक्रीले सञ्चारकर्मीको प्रश्नलाई नरम प्रश्नको संज्ञा दिँदै कडा प्रश्न गर्न आग्रह गरेकी थिइन् । 

‘बरु अलि रिस उठ्ने प्रश्न सोध्नुभयो भने अलिकति बोल्न सक्छु कि !’ उनले भनिन् ।