close

९० प्रतशतिशत सफल भएँ : प्रेम आले

९० प्रतशतिशत सफल भएँ : प्रेम आले

Trulli
ADVERTISEMENT

काठमाडौं । संकृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफू ९० प्रतिशत सफल भएको बताएका छन् । 

एकीकृत समाजवादीको निर्णयबमोजिम मन्त्री पदबाट राजीनामा दिएका मन्त्री आलेले आइतबार पत्रकार सम्मेलन गर्दै आफू ९० प्रतिशत सफल भएको बताए । 

एकीकृत समाजवादीले आलेसहित चारमन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । 

‘कार्यकाल कति सफल भयो भनेर कसैले सोधे आफ्नो उत्तर ९० प्रतिशत हुने उनले बताए । आफूले एक्सन मन्त्रीको उपमा समेत पाएको भन्दै उनले भनेका छन्, मैले यो अवधिमा ९० प्रतिशत अंक ल्याएको ठानेको छु ।’

मन्त्री पदबाट राजीनामा घोषणा गरेका मन्त्री आलेले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफूले गरेका कामको विवरणसमेत प्रस्तुत गरे । 

उनले मन्त्री पद सम्हाल्दा गरेको कामका आधारमा आफूले आफैंलाई ९० अंक दिएको बताए । 

उनले भने– ‘म प्रक्रिया भन्दा एक्सनमा विश्वास गर्दै हुर्केको राजनीतिक कार्यकर्ता हुँ । मलाई चाडै रिजल्ट चाहिन्छ । जनतालाई छिटो छरितो कसरी सेवा प्रदान गर्ने विषयलाई मैले उच्च प्राथमिकतामा राखेको थिएँ । यदि मलाई कसैले तपाई आफ्नो कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ भनेर पत्रकार साथीहरुले सोध्नुहुन्छ भने मेरो उत्तर हुनेछ ९० प्रतिशत । मैले यो अवधिमा ९० प्रतिशत अंक ल्याएको ठानेको छु ।’