close

एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिरषद्को बैठक बस्दै

एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिरषद्को बैठक बस्दै

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक भोलि बस्ने भएको छ । प्रज्ञा भवन, कमलादीमा बस्ने सो बैठकको उद्घाटन अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने भएका छन् ।

सोमबार बिहान साढे ११ बजे बैठक उद्घाटन हुने बताइएको छ ।बैठकमा देश तथा विदेशबाट समेत गरी १५ सय भन्दा बढीको सहभागिता रहने एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीले पहिलो पटक केन्द्रीय परिषद्को बैठक बोलाएको हो । बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभाग सदस्य, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहकार लगायतका सदस्य स्वतः सदस्य हुने व्यवस्था छ ।