काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) स्वास्थ्य जाँच गराएका छन् ।
अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार शुक्रबार थापाथली नर्भीक इन्टरनेशनल हस्पिटल पुगेर उनले आफ्नो स्वास्थ्य जाँच गराएका हुन् । दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उनी नर्भिक इन्टरनेशनल अस्पताल आएको बताइएको छ ।
अस्पताल पुगेर उनले नियमित स्वास्थ्य जाँच गरेका थिए । सो क्रममा उपराष्ट्रपति करिब दुई घण्टा अस्पतालमा रहेका थिए ।
उनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।