close

महँगीविरुद्ध एमालेले जनवर्गीय संगठन आन्दोलनमा उतार्दै

महँगीविरुद्ध एमालेले जनवर्गीय संगठन आन्दोलनमा उतार्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले समसामियक विषयलाई उठाएर आफ्ना जनवर्गीय स‌ंगठनलाई आन्दोलनमा उतार्ने भएको छ ।

बिहीबार पार्टी कार्यालयमा बसेको एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावसँग जोडेर आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्ने निर्णय गरेको हो । 

विशेषगरी एमालेले सरकार छाडेको एक वर्षभित्रमा मूल्यवृद्धि तेब्बरसम्म भएको र सर्वसाधारण बाँच्नसमेत नसक्ने अवस्था आएकाले आन्दोलनमा जानुको विकल्प नरहेको एमालेको ठहर छ ।

एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूसहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्दोलन वा सम्बन्धित संगठनले एकल आन्दोलन गर्ने निर्णय भएको बताइएको छ । 

बैठकमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेता सहभागी थिए ।