काठमाडौं । नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको बैठकले संसद्मा विचाराधीन नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा गठवन्धनले सो निर्णय लिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘बुवा आमा नागरिक तर सन्तानले नागरिकता नपाउने जुन पीडा छ, त्यसलाई सम्बोधन गर्दै नागरिकता विधयेकलाई टुंगोमा पुर्याउने सहमति भएको छ,’ कार्कीले भने ।
केही प्रक्रिया पूरा गरेर नागरिकता विधयेक चाँडै संसदमा पेश गरिने उनले जानकारी दिए । त्यस्तै, बैठकमा शान्ति प्रक्रियालाई निष्कर्षामा पर्याउने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।