काठमाडौँ । टेलिभिजन कर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार आगामी यात्राबारे औपचारिक घोषणा गर्दैछन् ।
राजनीतिमा होमिने निर्णयपछि नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलले भित्र्याउन खोजिरहेका बेला उनले आफ्नो राजनीतिक यात्राबारे औपचारिक घोषणा गर्न लागेका हुन् ।
उनको घोषणा कार्यक्रम राष्ट्रियसभा गृहमा भइरहेको छ । त्यहाँ उनका समर्थक र शुभेच्छुकको ओइरो लागेको छ ।