काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महाअभियोग सिफारिस समितिलाई काम गर्न नदिएको भन्दै गुनासो गरेका छन् ।
यस्तै, उनले व्यक्तिगत रिसका आधारमा प्रधानन्यायाधीश चोलेन्द्र राणामाथि महाभियोग लगाइएको बताए ।
आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सांसदीय समितिमा ज्ञवालीले यस्तो बताएका हुन् । यस्तै, उनले महाअभियोग सिफारिस समितिलाई काम गर्न नदिएको आरोपसमेत लगाए ।
२०७८ साल फगुन १ गठबन्धनमा आबद्ध दलका सांसदले संसद्मा चोलेन्द्र राणामाथि महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।
तर, महाभियोग लागाइएको लामो समयसम्म व्यतित भइसक्दा पनि संसद्मा सोबारे बहस हुन सकेको छैन ।