close

जिसस नवलपुरमा एमाले विजयी

जिसस नवलपुरमा एमाले विजयी

Trulli
ADVERTISEMENT

नवलपरासी । जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । 

जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी भएका छन् । सदस्यमा एमालेकै पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारू, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लिला पौडेल र लोकनाथ अर्याल विजयी भएका हुन् । 

जिल्ला समन्वय समतिमा एमालेको ११ र कांग्रेसको पाँच मत रहेको थियो ।