close

एसपीपी सम्झौता ओली सरकारकै पालामा अघि बढेको पुष्टि : शर्मा

एसपीपी सम्झौता ओली सरकारकै पालामा अघि बढेको पुष्टि : शर्मा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भइसकेको दाबी गरेका छन् । 

शनिबार पाटनढोकामा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले एसपीपी राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गरे । 

उनले कूटनीतिक मर्यादाविपरीत सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटक सामेल भएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताको हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने बताए । 

महामन्त्री शर्माले एसपीपीबारे राष्ट्रिय एकतालाई कमजोर बनाउने गरी अभिव्यक्ति नदिन पनि राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराए ।