काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरोध गरेको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमालेका सांसदहरूले सो बैठक अवरोध गरेका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित भएको ‘विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।
नेकपा एमालेका सांसदले करको दायरा निर्धारण गर्दा बिचौलियाको प्रभावमा परेर करमा हेरफेर गरिएको भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनीहरूको माग छ ।
सो विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसअघि पनि प्रतिनिधिसभा बैठक पनि अवरोध गरेको थियो ।