बाजुरा । बुढीगंगा नगरपालिकामा असार २३ गते बिहीबार पुन:निर्वाचन गर्ने सहमति भएको छ ।
आज बसेको सर्वदलीय, सर्वपक्षीय बैठकबाट पुन:निर्वाचन गर्ने सहमति भएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले पालिकाखबरलाई बताए । प्रजिअ अधिकारीका अनुसार सहमति अनुसार निर्वाचन अधिकृतको कार्यालयलाई सिफारिस गरिसकिएको छ ।
गत वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै पक्षबाट आफू अनुकूलका मतदान केन्द्रको बुथ कब्जा गर्ने कार्य भएको भन्दै निर्वाचन आयोगले पालिकाभरिकै निर्वाचन बदर गरेको थियो।
निर्वाचन आयोगले उक्त विषयमा स्थलगत अध्ययन र छानबिनका आधारमा चुनाव गर्ने निर्णय लिएको थियो।