काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
आज रक्षा, अर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आज प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले आफूले सम्हालेका मन्त्रालयका सन्दर्भमा उठेका विषयमा जवाफ दिने छन् ।
तर, प्रमुख प्रतिपक्षी सहित विपक्षी दलहरुले अर्थमन्त्रीको राजिनामा माग गर्दै सदनमा विरोध जनाएका छन् । करको दायरा हेरफेर गर्न बिचौलियालाई प्रवेश दिएको भन्दै उनीहरुले अर्थमन्त्रीको राजिनामा माग गरिरहेका छन् । विरोध कै बीच अर्थमन्त्री शर्माले जवाफ दिइ रहेका छन् ।