काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले भविष्यमा आउने संक्रामक रोगबारे चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा कोभिड–१९ संक्रमण रोकथामका क्रममा गरेको तयारीका कारण भविष्यमा आउने संक्रामक रोगका लागि तयारी पुगेको उनले बताए ।
‘अघिल्लो चोटिको ठूलो तयारीका कारण हामी धेरै कुरामा व्यवस्थित भएकाले हामी चिन्तित हुनुपर्ने अवस्था छैन,’ उनले भने ।