close

आयोजना सही रूपले छनोट भए कार्यान्वयन हुन्छन् : सहरी विकासमन्त्री

आयोजना सही रूपले छनोट भए कार्यान्वयन हुन्छन् : सहरी विकासमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सुरक्षित आवास नागरिकको मौलिक हकअन्तर्गत पर्ने बताएकी छन् । 

बुधबार मन्त्रलगत उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । 

‘आवासको हकलाई मौलिक हकले सुरक्षित गरेको छ । र आवासविहीन, सिमान्तकृत, जातजाति र खरको छाना विस्थापित सँगसँगै जनता आवास कार्यक्रम र सुरक्षित नागरिक आवास कार्यक्रम नेपाल सरकारले स्थानीय तहमार्फत र प्रदेश सरकारमार्फत ससर्त कार्यान्वयन हुँदै आएका छन् । यी कार्यक्रम कहीँ कटौती हुने कुरै भएनन् । यसबाट नेपाल सरकारसँग केही दायित्व छ । र, केही प्रदेश सरकारले कार्यान्वयन गर्ने जनता आवास कार्यक्रममा नेपाल सरकारसँग सिर्जित कार्यक्रम छ । र, त्यो कुरा गर्ने बेलासम्मका लागि यो कार्यक्रमबाट बाहिरिने कुरै हुँदैन ।’

यस्तै, उनले आयोजना सही रूपले छनोट भएमा कार्यान्वयन हुने बताइन् ।