close

चाँडो निर्वाचन मिति तोक्न लिङ्देनको आग्रह

चाँडो निर्वाचन मिति तोक्न लिङ्देनको आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आमनिर्वाचनको मिति तोक्न माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । 

‘हामी यो कार्यकालको अन्तिमतिर छौं । अबको केही समयपछि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ,’ लिङ्देनले भने, ‘सरकराले आम निर्वाचनको मिति घोषणा गरोस् । यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी माग गर्छ ।’