close

रुकुमपश्चिम जिल्ला समन्वय समितिमा माओवादीको प्यानल विजयी

रुकुमपश्चिम जिल्ला समन्वय समितिमा माओवादीको प्यानल विजयी

Trulli
ADVERTISEMENT

रुकुमपश्चिम । रुकुमपश्चिम जिल्ला समन्वय समिति (जिसस) मा नेकपा माओवादी को प्यानल निर्विरोध निर्वाचित भएको छ ।

तीन नगरपालिका र तीन गाउँपालिका रहेको रुकुमपश्चिम जिल्लाको समन्वय समितिको निर्वाचनका लागि माओवादीको तर्फबाट मात्र उम्मेदवारी परेपछि निर्विरोध चयन भएको हो।

जिसस प्रमुखमा आठबिसकोट नगरपालिका -१० बाट वडा सदस्यमा निर्वाचित माओवादीकेन्द्रकि नेता लुम्बिनी गौतम केसी निर्विरोध निर्वाचित भएकी हुन् ।

त्यस्तै अन्य सात सदस्य र उपप्रमुखमा पनि माओवादीका देवबहादुर कामी निर्विरोध निर्वाचित भएका छन् ।

एक नगरपालिकाको मेयर र एक गाउँपालिकाको प्रमुख सहित दुई स्थानमा बिजयी गरेको नेपाली कांग्रेसले समन्वय समितिको कुनै पनि पदमा उम्मेदवारी दिएन भने दुई नगरपालिका र दुई गाउँपालिकाको प्रमुख गरी चार स्थानमा विजयी गरेको माओवादी केन्द्रले मात्र जिससमा उम्मेदवारी दर्ता गराएको थियो।

माओवादीले मात्र एकल उम्मेदवारी परेकाले निर्वाचन बिना नै विजयी घोषणा गरिएको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन कार्यतालिका अनुसार जेठ ३१ गते निर्वाचन मिति तोकिएकोमा अन्य दलको उम्मेदवारी नपरेपछी माओवादी निर्विरोध निर्वाचित भएको हो ।