close

एक हजारलाई सिर्जनात्मक र प्रवद्र्धनात्मक क्षमता विकासको तालिम दिइनेछ : शिक्षामन्त्री

एक हजारलाई सिर्जनात्मक र प्रवद्र्धनात्मक क्षमता विकासको तालिम दिइनेछ : शिक्षामन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एक हजार जनालाई सिर्जनात्मक र प्रवद्र्धनात्मक क्षमता विकासको तालिम दिने प्रक्षेपण गरेको बताएका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा शिक्षासम्बनधी उठेका प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘सन् २०३० सम्मको दीगो विकासको लक्ष्यअनुरुप हामीले अन्तर्राष्ट्रिय स्ट्यान्र्डमा नेपालका युवाहरुलाई त्यो ठाउँमा पु¥याउने गरी खेलकुद तथा युवा मन्त्रालयले त्यस प्रकारका होमवर्क गरेर आफ्ना विषय सार्वजनिक पनि गरेको  पनि छ । त्यसैअनुरुप हामी वार्षिक कार्य गरेर दीगो विकासको प्रक्षेपित उद्देश्यअनुरुप लक्ष्यसम्म पु¥याउने विश्वास पनि म व्यक्त गर्न चाहन्छु ।’