close

ओली र श्रेष्ठबीच ३ वटा विषयमा छलफल

ओली र श्रेष्ठबीच ३ वटा विषयमा छलफल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । माओवादी नेता श्रेष्ठ आइतबार बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।

स्रोतका अनुसार ओली र  श्रेष्ठबीचको वार्तामा राष्ट्रियताको विषय, राजनीतिक परिस्थिति नेपालको लोकतान्त्रिक तथा कम्युनिष्ट र बामपन्थी आन्दोलन गरी तीन विषयमा छलफल भएको बताइएको छ ।

राष्ट्रिय हित र विदेश नीतिका सन्दर्भमा ओलीसँग आफ्नो लाइन मिलेकोले श्रेष्ठले बालकोटमा पुगेर वार्ता गरेको बुझिएको छ । मुलुक गम्भीर भूराजनीतिक संकटमा धकेलिन लागेको भन्दै दुवै नेता चिन्तित रहेको निकट स्रोतले बतायो ।