close

कात्तिक अन्तिम वा मंसिर पहिलो साता चुनाव हुने प्रचण्डको खुलासा

कात्तिक अन्तिम वा मंसिर पहिलो साता चुनाव हुने प्रचण्डको खुलासा

Trulli
ADVERTISEMENT

बर्दिया । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन् ।

बर्दियामा सोमबार आयोजित माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रचण्डले सत्तासीन दलहरू र प्रमुख प्रतिपक्षी एमालेसँग पनि सो मितिमा चुनाव गर्नेबारे समझदारी बनेको बताए ।

उनका अनुसार दलहरू बिच कात्तिक अन्तिम वा मंसिर पहिलो साता चुनाव गर्ने छलफल भएको छ । दलहरू बिच मंसिरमा निर्वाचन गर्ने लगभग सहमति भएको प्रचण्डले खुलासा गरेका छन् ।

 ‘अब देश प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गएको छ। गठबन्धनभित्र कुराकानी गर्दा र प्रतिपक्षीको कुरा सुन्दा मंसिर पहिलो साता वा कात्तिक अन्तिम साता चुनाव गर्ने भन्ने छ । चुनाव मंसिर पहिलो हप्ता हुने बढी सम्भावना छ,’ उनले भने ।

दाहालले एकै चरणमा निर्वाचन गर्ने कि दुई चरणमा भन्नेबारे निर्णय नभइसकेको तर एकै चरणमा चुनाव हुने सम्भावना बढी रहेको बताए।

‘एक चरणमा गर्ने कि दुईमा भन्ने कुरा पनि छ। स्थानीय तहको निर्वाचन एकै पटक सम्पन्न भएको अवस्थामा प्रदेश र संघको एकैचोटी गर्ने कि भन्ने छलफल छ । सुरक्षाका हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा पनि आएको छ । जे भए पनि मंसिर भित्रै चुनाव सम्पन्न,’ उनले भने ।